इनास पोर्चुगलको पहिलो कार्यक्रम भव्य रूपमा सम्पन्न

इनास पोर्चुगलको पहिलो कार्यक्रम भव्य रूपमा सम्पन्न

लिस्बन, पोर्चुगल | २०२६

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) पोर्चुगलद्वारा आयोजित “परिचयात्मक तथा पदाधिकारीहरुको ओहदाको प्रमाणपत्र वितरण कार्यक्रम – २०२६” पोर्चुगलका लागि नेपाली राजदूत महामहिम श्री प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको छ।

INAS-82.jpg

कार्यक्रमको सभापतित्व इनास पोर्चुगल राष्ट्रिय समितिका अध्यक्ष श्री नृपध्वज खत्री ‘निरिप’ ले गर्नुभएको थियो। कार्यक्रममा इनास ग्लोबलका अध्यक्ष श्री अर्जुन काफ्ले तथा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष श्री पूर्ण हमाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै पोर्चुगलमा क्रियाशील करिब ६० वटा संघ–संस्थाका पदाधिकारी, व्यवसायी, पत्रकार तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम इनास पोर्चुगलका लागि ग्लोबल समिति प्रतिनिधि श्री सुनिल गिरीले सञ्चालन गर्नुभएको थियो भने इनास पोर्चुगलका महासचिव श्री हरि सिलवालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा इनास ग्लोबल अध्यक्ष श्री अर्जुन काफ्लेले इनास पोर्चुगल राष्ट्रिय समितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो।

INAS-94.jpg

कार्यक्रमका प्रमुख अतिथि राजदूत श्री प्रकाशमणि पौडेलले पदाधिकारीहरूलाई ओहदाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो। विशिष्ट अतिथि श्री अर्जुन काफ्लेले कार्यसमिति परिचयपत्र वितरण गर्नुभएको थियो भने एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष श्री पूर्ण हमालले खादा ओढाएर सम्मान गर्नुभएको थियो। यसैगरी समितिका सल्लाहकार श्री सज्जन हमाल ठकुरीले टीका लगाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

सोही अवसरमा समितिका सल्लाहकारहरू सज्जन हमाल ठकुरी, भवेश बस्नेत, दुर्गा पङ्गेनी तथा इनास पोर्चुगलका लागि ग्लोबल समिति प्रतिनिधि सुनिल गिरीलाई पनि ओहदाको प्रमाणपत्र प्रदान गरिएको थियो।

INAS-153 web.jpg

कार्यक्रममा सांस्कृतिक प्रस्तुति अन्तर्गत स्वागत नृत्य कलाकार बीपना कँडेल, सजना विश्वकर्मा, सीम्रल गुरुङ र मनस्वी बराइलीले गुरुङ ठाडो भाकाको गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो भने स्वागत गीत कार्यसमितिका उपाध्यक्ष श्री सन्तोष अधिकारीले प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी अन्य मौलिक नृत्य प्रस्तुति सन्नी शाही, किरण श्रेष्ठ ‘रिया’ र मोना चाम्लिङ राईले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सुदूरपश्चिम समाज पोर्चुगलका अध्यक्ष श्री दिपेश विक्रम बिष्टले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवासमा रहे पनि नेपाली कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा इनास पोर्चुगलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमलाई थप आकर्षक बनाउन लोक गायिका गीता रेउले, गीता लामा तथा रितिका कुँवरले मौलिक भाकामा दोहोरी गीत प्रस्तुत गर्नुभएको थियो भने गायक विप्लव खड्काले आफ्नो प्रस्तुति मार्फत उपस्थित दर्शकलाई नचाउँदै कार्यक्रमलाई संगीतमय बनाउनु भएको थियो।

कार्यक्रममा बोल्दै एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष श्री पूर्ण हमालले इनास पोर्चुगलले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरूमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी प्रमुख अतिथि नेपाली राजदूत महामहिम श्री प्रकाशमणि पौडेलले नेपालका विविध कला, भाषा र संस्कृतिलाई विश्वमाझ चिनाउन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) जस्ता संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

INAS-185.jpgकार्यक्रममा सहभागी कलाकारहरूलाई इनास फ्रान्सका अध्यक्ष श्री आभाषआचार्यले कदरपत्र प्रदान गर्नुभएको थियो। अन्त्यमा कार्यक्रमका सभाध्यक्ष श्री नृपध्वज खत्री ‘निरिप’ ले उपस्थित सम्पूर्ण अतिथि, कलाकार तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।

INAS-245.jpg

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij