इनास फ्रान्सद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न।

इनास फ्रान्सद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न।

फ्रान्स, ३० मे २०२६।

inas-france-1.jpgअन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) फ्रान्सले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रम शनिबार, ३० मे २०२६ का दिन सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक श्री प्रवीन सापकोटाज्यूको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा फ्रान्समा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी भई रक्तदान जस्तो पवित्र तथा मानवीय कार्यमा योगदान पुर्‍याउने सम्पूर्ण रक्तदाताप्रति इनास फ्रान्सले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

inas-france-2.jpg

कार्यक्रममा अपेक्षाभन्दा बढी सहभागिताको कारण रक्तदान गर्न इच्छुक सबैलाई सहभागी गराउन सम्भव नभएको जनाउँदै संस्थाले सहभागी हुन इच्छुक सम्पूर्ण महानुभावहरूप्रति सम्मान व्यक्त गरेको छ। रक्तदान गर्न तत्पर सबैको मानवीय भावना र सहयोगप्रति इनास फ्रान्सले विशेष धन्यवाद ज्ञापन गरेको छ।

कार्यक्रमको सफल व्यवस्थापन तथा संयोजनका लागि संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक श्री प्रवीन सापकोटाज्यूको महत्वपूर्ण भूमिका रहेको भन्दै संस्थाले उहाँप्रति विशेष कृतज्ञता व्यक्त गरेको छ। त्यसैगरी कार्यक्रमका लागि प्रमाणपत्र तयारी तथा व्यवस्थापनमा योगदान पुर्‍याउनुहुने युवा संयोजक श्री बिप्लव खनाल ज्यू लगायत सम्पूर्ण कार्यसमिति सदस्यहरू लागायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरिएको छ।

इनास फ्रान्सका अध्यक्ष श्री महेन्द्र अधिकारीले मानव सेवामूलक यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै सबै सहयोगी, सहभागी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।

mahendra.jpeg
inas-france-7.jpg

inas-france-6.jpg

inas-france-5.jpg

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij