करिब २५० जनाको सहभागिता — चेक गणतन्त्रमा अहिलेसम्मकै भव्य नेपाली सांस्कृतिक कार्यक्रम

करिब २५० जनाको सहभागिता — चेक गणतन्त्रमा अहिलेसम्मकै भव्य नेपाली सांस्कृतिक कार्यक्रम

प्राग, चेक गणतन्त्र – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, चेक गणतन्त्र (INAS CZ) को आयोजनामा नयाँ वर्ष 2082 को अवसरमा आयोजित भव्य सांस्कृतिक कार्यक्रम 20 अप्रिल 2025 का दिन प्रागमा ऐतिहासिक रूपमा सम्पन्न भयो। करिब 250 जना नेपाली तथा विदेशी सहभागीहरूको उत्साहपूर्ण उपस्थिति रहेको यस कार्यक्रमलाई चेक गणतन्त्रमा अहिलेसम्मकै सबैभन्दा भव्य नेपाली सांस्कृतिक कार्यक्रमको रूपमा सहभागीहरूले प्रशंसा गरेका छन्।

inas.czech-1.jpeg
undefined

दुई सत्रमा सम्पन्न कार्यक्रम

कार्यक्रमलाई औपचारिक सत्र र सांस्कृतिक सत्र गरी दुई भागमा विभाजन गरिएको थियो।

औपचारिक सत्र

औपचारिक सत्रको अध्यक्षता INAS CZ का अध्यक्ष, NRNA का वरिष्ठ उपाध्यक्ष तथा कृषि–पर्यावरण वैज्ञानिक डा. गिरीप्रसाद कँडेलले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा NRNA का अध्यक्ष तथा INAS का सल्लाहकार बैकुण्ठ रायमाझीको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा जितेन्द्र रायमाझी, छत्र रायमाझी, छबि कँडेल, अञ्जिला थापा क्षेत्री, अञ्जना रायमाझी, सन्जय अधिकारी, सूर्य सुबेदी, अनिल लामा, सुजन देवकोटा, विष्णु रायमाझी, करण बोहोरा लगायत अन्य विशिष्ट व्यक्तित्वहरू सहभागी थिए।

कार्यक्रम सञ्चालन INAS CZ का महासचिव अर्जुन भट्टराई, उपाध्यक्ष मञ्जु रिमाल तथा सदस्य आसा कौचाले संयुक्त रूपमा गर्नुभएको थियो।

सांस्कृतिक सत्र – पानीजहाजमा पहिलोपटक

यस वर्षको विशेष आकर्षण भनेको कार्यक्रम पहिलोपटक पानीजहाज (Boat Cruise) मा, प्रागको भल्ताभा नदीमा आयोजना गरिएको सांस्कृतिक यात्रा थियो। नेपाली गीत, नृत्य, नाटक र प्रत्यक्ष संगीतले भरिएको यस सांस्कृतिक सत्र सहभागीहरूका लागि एक अविस्मरणीय अनुभव बन्यो।

कार्यक्रमको मुख्य आकर्षणमध्ये एक थियो – ९ वर्षीया चेक बालिकाद्वारा प्रस्तुत गरिएको नेपाली गीत। यस प्रस्तुतीले दर्शकको मन जित्नुका साथै नेपाली संगीतको अन्तर्राष्ट्रिय प्रभाव र सम्भावनालाई पनि उजागर गर्‍यो। सो प्रस्तुतीका लागि संगीत थापा सर्गमको संयोजनप्रति आयोजकले आभार प्रकट गरेको छ।

पहिलोपटक लाइभ ब्यान्ड र नेपाली नाटकको प्रस्तुति

inas-czech-3.jpeg
undefined

INAS CZ ले पहिलोपटक लाइभ म्युजिक ब्यान्ड प्रस्तुत गर्‍यो, जसमा संगीत थापा सर्गम, प्रताप मोक्तान र डा. विजय गुरुङको नेतृत्वमा चेक गणतन्त्रस्थित नेपाली संगीतकर्मीहरूले उच्चस्तरीय प्रस्तुति दिएका थिए।

त्यस्तै, नेपाली सामाजिक नाटक पनि पहिलोपटक मञ्चन गरियो। डा. विजय गुरुङ र मञ्जु रिमालद्वारा निर्देशित उक्त नाटकले प्रवासी नेपालीहरूको संघर्ष र सामाजिक यथार्थलाई प्रभावशाली ढंगले चित्रण गर्‍यो।

लोक तथा मौलिक गीतहरूमा बैकुण्ठ रायमाझी, अञ्जना रायमाझी, र सुरेन्द्र थापाका स्वरमा दर्शकहरू रमाएका थिए। आधुनिक, पप तथा रक गीतहरूमा डा. विजय गुरुङ, संगीत थापा सर्गम, प्रताप मोक्तान, र सुजन तिम्सिनाले दर्शकलाई झुमाएका थिए। कार्यक्रमको प्रविधि पक्ष नोभेल भुजेल र रविन अर्यालले सम्हालेका थिए।

INAS Czech Musical Band को औपचारिक घोषणा

यस अवसरमा INAS CZ ले आफ्नो औपचारिक संगीत समूह "INAS Czech Musical Band" को घोषणा समेत गर्‍यो। ब्यान्ड सदस्यहरू यसप्रकार छन्:

  • गायकहरू: संगीत थापा सर्गम, डा. विजय गुरुङ, प्रताप मोक्तान

  • ड्रम: अकिब मानन्धर

  • गिटारिस्ट: प्रताप मोक्तान, सुजन तामाङ

  • मादल: जय गुरुङ, चेत कार्की

  • बाँसुरी: अशोक परियार

  • काजोन: गोपाल कँडेल

  • हरमोनियम: संगीत थापा सर्गम, बैकुण्ठ रायमाझी

नेपाली कला र संस्कृति अन्तर्राष्ट्रिय मञ्चमा

inas-czech-4.jpeg
undefined

प्रवासमा रहेका नेपालीहरूबीच एकता, सांस्कृतिक चेतना र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नेपाली समुदायमा ऊर्जा, गर्व र आत्म–पहिचान थप्न सफल भएको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था, कलाकार, स्वयंसेवक, अतिथि तथा सहभागीहरूप्रति INAS CZ ले विशेष आभार प्रकट गरेको छ।

अध्यक्ष डा. गिरीप्रसाद कँडेलले आगामी दिनहरूमा अझ विस्तारित सांस्कृतिक कार्यक्रमहरू गर्दै नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई सशक्त रूपमा अघि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो।


सम्पर्क: 📧 Email: inasczechrepublic@gmail.com
📘 Facebook: इनास चेक गणतन्त्र


 

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij