मदन र प्रकाशले ग्रहण गरे इनास उत्कृष्ट सम्मान

मदन र प्रकाशले ग्रहण गरे इनास उत्कृष्ट सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को "उत्कृष्ट इनास सम्मान" प्रदान गरेको छ।IMG_9616.JPG

संस्थाको पाँचौ ग्लोबल अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।

इनासले प्रत्येक २ बर्षमा गर्ने कार्य कुशलताको उच्च मुल्यांकन गर्दै एक क्षेत्रीय समिति र १ राष्ट्रिय समितिलाई उत्कृष्ट इनास सम्मानद्वारा सम्मान गर्दै आएको छ।

जस अनुसार यस पटक जर्मनी राष्ट्रिय समिति र युरोप क्षेत्रीय समितिले इनास उत्कृष्ट सम्मान २०२३ प्राप्त गरेका छन्।

madan-dahal.jpg
undefined

इनास उत्कृष्ट राष्ट्रिय समिति जर्मनीको सम्मान इनास जर्मनीका पुर्व सल्लाहकार मदन दाहाल तथा इनास युरोप क्षेत्रीय समितिले प्राप्त गरेको सम्मान इनास युरोपका संयोजक प्रकाश तिवारीले ग्रहण गरेका थिए।

दाहाल  इनास ग्लोबल संरक्षक कमला दाहालका श्रीमान हुन् भने तिवारी नेपाली कथानक चलचित्र "कपुरी क" का नायक हुन् ।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij