इनास ग्लोवलको प्रवक्तामा प्रकाश तिवारी नियुक्त

इनास ग्लोवलको प्रवक्तामा प्रकाश तिवारी नियुक्त

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को ग्लोवल प्रवक्तामा प्रकाश तिवारीलाई मनोनित गरिएको छ । इनास ग्लोवल समितिको ६८ औं बैठकले तिवारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।

इनास स्पेनको संस्थापक अध्यक्ष रहेका तिवारी इनासको ग्लोवल प्रतिनिधि हुदै इनास  युरोपको  दुई कार्यकाल सह संयोजकको जिम्मेवारी सम्हालिसकेका छ्न । गत नोभेम्वरमा काठमाण्डौमा सम्पन्न इनासको पाँचौं ग्लोवल सम्मेलनबाट उनी इनास युरोप संयोजक पदमा दोश्रो कार्यकालका लागि दोहोरिएका थिए ।

कास्कीको माझठाना स्थायी घर भएर हाल युरोपको आइसल्याण्डमा बस्दै आएका तिवारीलाई इनास ग्लोवलले प्रवक्तामा नियुक्त गरेर नयाँ जिम्मेवारी थपेको हो । नेपालमा रहँदा बिभिन्न टेलि चलचित्रमा अभिनय गरेका तिवारीले अभिनय गरेको ठुलो पर्दाको चलचित्र कपुरी क प्रदर्शनको क्रममा रहेको छ ।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij