इनास जर्मनीको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा श्रेष्ठ

इनास जर्मनीको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
 २०८० भदौ २२ गते ७:५८
inas-germany_1.jpg
inas-germany

बार्सिलोना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) जर्मनीको अध्यक्षमा लेजुना श्रेष्ठ गोपाली निर्वाचित भएकी छिन्। गत शनिवार जर्मनीको बर्लिनमा सम्पन्न समाजको तेस्रो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति बनेको हो।

कार्यसमितिको उपाध्यक्षमा अमृता गौतम र डा. सुनिल हमाल, महासचिवमा ज्योति ढुङ्गाना ,सचिवमा मनिष लामिछाने र कोषाध्यक्षमा श्रेया महर्जन चयन भएका छन्।

यस्तै कार्यसमिति सदस्यहरुमा अनिता मोक्तान,लक्ष्मी कुँवर शुभेक्षा दाहाल,रोश्नी विष्ट,रोशनी बुढ़ाथोकी,कन्चन ढुङ्गाना र स्वस्तिका घर्ती मगर रहेका छन्। निवर्तमान अध्यक्ष सुनिल गुरुङले भने प्रमुख संरक्षकको जिम्मेवारी सम्हालेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै इनास युरोपका संयोजक प्रकाश तिवारीले नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा लाग्न नयाँ कार्यसमितिलाई शुभकामाना ब्यक्त गरे। उनले इनास जर्मनीले यसअघि गर्दै आएका कामहरुलाई निरन्तरता दिन सकेपनि नयाँ कार्यसमिति आँफैमा सफल बन्ने बताए।

इनास जर्मनीका बरिष्ठ सल्लाहकार खड्ग न्यौपानेले विशेष अतिथिको रुपमा बोल्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए।

सांस्कृतिक कार्यक्रम सहित सम्पन्न अधिवेशनमा नेपालीसहित जर्मनी नागरिकहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकारहरु अनिता मोक्तान र रोशनी भेटवालले नृत्य प्रस्तुत गरेका थिए।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij