बरुवालको नेतृत्वमा इनासमा नयाँ कार्यसमिति

बरुवालको नेतृत्वमा इनासमा नयाँ कार्यसमिति

कात्तिक १६, २०७८ मंगलबार १२:५०:०

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को चौथो महाधिवेशनबाट ग्लोबल अध्यक्षमा पुष्प बरुवाल (नेदरल्यान्ड्स) सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका छन्। काठमाडौंमा भएको महाधिवेशनले नयाँ  कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सह–संयोजक एवं पदाधिकारीलाई नयाँ कार्यकालका लागि जिम्मेवारी दिएको छ। 

4th-inas-global-conference-2021-2.jpg

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मित्रलाल पार्दै (पोल्याण्ड), भगवती बस्नेत (नेपाल), अर्जुन काफ्ले (बेल्जियम), मनिषकुमार श्रेष्ठ (बेलायत), साबु गदाल कार्की (अमेरिका) रहेका छन्। त्यसैगरी महासचिवमा राधी क्षेत्री (इटाली), सचिवमा हरि शर्मा (अमेरिका) र राजमान तामाङ (डेनमार्क), कोषाध्यक्षमा कुलराज थापा (नेपाल), सह–कोषाध्यक्षमा सुदीप रेग्मी (नेपाल) र प्रवक्तामा डा. रामकृष्ण निरौला (अष्ट्रेलिया) रहेका छन्। 

क्षेत्रीय संयोजकहरूमा रुपा न्यौपाने (दक्षिण एसिया), आनन्दु लामा (अमेरिका), सुशील चालिसे (ओसेनिया), प्रकाश तिवारी (युरोप), घनश्याम तिमिल्सिना (मध्यपूर्व एसिया) र लेकराज अधिकारी (एसिया समन्वय समिति) रहेका छन्। सह–संयोजकहरूमा श्याम श्रेष्ठ (युरोप) ,सञ्जय कँडेल (बेलायत) र बि.बि मल्ल ठकुरी (कुवेत) रहेका छन्। 

महाधिवेशनमा नयाँ कार्यसमिति चयनसँगै नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने कलाकारहरू शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, गौरी मल्ल, करिश्मा मानन्धर र संगीतकार सम्भुजीत बासकोटालाई ‘इनास विशिष्ट कलाकारिता सम्मान’द्धारा सम्मानित गरियो।

4th-inas-global-conference-2021.jpg
undefined

 

सोही अवसरमा इनासद्वारा आयोजित दोस्रो अनलाइन नृत्य एवं गायन प्रतियोगिताका विजेतालाई क्रमशः नगद रु एक लाख, ५० हजार, २५ हजार र ट्रफीसहित पुरस्कृत गरिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, एनआरएनका अध्यक्ष कुमार पन्तलगायत वरिष्ठ कलाकार एवं सञ्चारकर्मीको उपस्थिति रहेको कार्यक्रममा इनासले नेपालमा परेको विपत्तिका समयमा गरेका विभिन्न सामाजिक कार्यहरूको बारेमा भिडियोसमेत प्रस्तुत गरिएको थियो। 

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij