
पोल्याण्ड, जुलाई २०, २०२५
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोल्याण्डले आफ्नो छैठौँ अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ राष्ट्रिय कार्यसमिति चयन गरेको छ।
नवगठित समितिको अध्यक्षमा तुलसा पोखरेल चयन हुनु भएको छ भने शिवधर महत्तो र मनिष दाहाल उपाध्यक्षमा मनोनित भएका छन्। महासचिवको जिम्मेवारी प्रतिमा थापा ले पाउनुभएको छ भने सचिवमा अभिनास डंगोल चयन भएका छन्। आयुसा केसी कोषाध्यक्ष र सृजिता खड्की सह-कोषाध्यक्षको रूपमा चयन भएका छन्।
समितिमा विभिन्न जिम्मेवारीसहित निम्न सदस्यहरूको समावेश गरिएको छ:
इशा मगर (नृत्य संयोजक), रन्जिव नेपाली (गायन संयोजक), निलीमा कोइराला, भूमिका राई, रेणु यादव, लक्ष्मी खरेल, सुस्मिता लम्साल, बिनु लामा, र डम्बर जंग गुरुङ।
इनास ग्लोबल कमिटीका प्रतिनिधि (GCR) का रूपमा निवर्तमान अध्यक्ष बिबेक पौडेल रहनेछन्।
यसै अधिवेशनमार्फत पोल्याण्डका लागि नेपाली अवैतानिक वाणिज्यदूत, NRNA पोल्याण्डका अध्यक्ष, र अनेसास पोल्याण्डका अध्यक्ष सम्मिलित सल्लाहकार समिति पनि गठन गरिएको छ।
त्यसैगरी संरक्षक समितिमा मित्रलाल पार्दे, कृष्ण भण्डारी र रिता न्यौपाने रहेका छन्।
नयाँ समितिले आगामी दुई वर्षका लागि पोल्याण्डमा नेपाली कला, साहित्य, संस्कृति र कलाकारहरूको पहिचान अभिवृद्धि गर्ने कार्यमा थप ऊर्जा र जिम्मेवारीका साथ अग्रसर हुने अपेक्षा गरिएको छ।