
काठमाण्डौ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले संस्थाको छैठौं महाधिवेशन (ग्लोबल अधिवेशन) गर्ने निर्णय गरे संगै यो अधिवेशन आगामी १५ अक्टोबर २०२५ (तदनुसार २९ आश्विन २०८२) काठमाण्डौमा आयोजना हुने भएको छ।
यस अधिवेशनलाई सफल बनाउन नेपालसहित विश्वभरका नेपाली कलाकार, प्रतिनिधि तथा पदाधिकारीहरूको उपस्थिति रहनेछ। कार्यक्रममा वार्षिक समीक्षा, नयाँ कार्ययोजना पारित, नयाँ कार्यसमिति चयन तथा विशेष सम्मान कार्यक्रम समेत हुने इनास ग्लोबलले जनाएको छ।
इनासका पदाधिकारीहरूले यस कार्यक्रमलाई गरिमामय बनाउनका लागि आवश्यक तयारी तीव्र गतिमा अघि बढाइएको जानकारी दिएका छन्।
📌 कार्यक्रम विवरण
-
कार्यक्रम: छैठौं ग्लोबल महाधिवेशन २०२५
-
📅 मिति: १५ अक्टोबर २०२५ (२९ आश्विन २०८२)
- 📌 विस्तृत कार्यक्रम विवरण चाँडै सार्वजनिक गरिनेछ