प्रेस विज्ञप्ति : १४औं स्थापना दिवस।

प्रेस विज्ञप्ति : १४औं स्थापना दिवस।

inas-14th-anniversary.png

सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको ऐतिहासिक शहर वार्शामा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) आजबाट १३ वर्षको सफलतापूर्वक यात्रा पूरा गरि गौरवमय १४औं वर्षमा प्रवेश गरेको छ। यो ऐतिहासिक अवसरमा विश्वभरि रहनुभएका सम्पूर्ण नेपाली कलाकार, कलाप्रेमी, शुभचिन्तक तथा नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई माया गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

विश्वभरि फैलिएको यस संस्थाले स्थापना कालदेखि नै राज्य, राष्ट्रिय, क्षेत्रीय, ग्लोबल र विषयगत समितिहरुमार्फत नेपाली साहित्यकार, नेपाली भाषा,  कला, साहित्य, संस्कृति, संगीत र खेलकूदलाई विश्वव्यापिस्तरमा चिनाउने, संरक्षण गर्ने र प्रवर्द्धन गर्ने लक्ष्यसहित निरन्तर कार्य गर्दै आएको छ। जसलाई आगामी दिनहरुमा नयाँ पुस्तालाई समेत जोड्दै अझ बढि सशक्त र प्रभावकारीरुपमा अगाडि बढाइने लक्ष्यसहित संस्था अघिबढेको छ।   

इनास स्थापनाको यस अवसरमा संस्थाको उन्नति तथा प्रगति का लागि अहोरात्र खट्नुहुने राज्य, राष्ट्रिय, क्षेत्रीय, ग्लोबल  र विषयगत समितिका सम्पूर्ण पदाधिकारीहरुका साथै यस संस्थाको कार्यसफलताका लागि प्रत्यक्ष वा परोक्षरुपमा साथ, सदभाव, सहयोग र सहकार्य गर्नुहुने सबै संघ-संस्था, कलाकर्मी तथा साहित्यकर्मी लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दै इनास स्थापना दिवसको हार्दिक शुभकामना प्रकट गर्दछौं।

जय इनास !

भवदीय,


रामचन्द्र थापा
इनास ग्लोबल समिति तथा परिवार 

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij