इनास नेदरल्याण्ड्सको छैठौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

इनास नेदरल्याण्ड्सको छैठौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

नेदरल्याण्ड्स, ३१ अगस्ट २०२५ ।

inas-netherlands-1.jpg
नेपाली कलाकारहरुको अन्तर्राष्ट्रिय संजाल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) राष्ट्रिय समिति नेदरल्याण्डसको छैठौं अधिवेशन सम्पन्न भएको छ। अगष्ठ ३१ तारिख सम्पन्न अधिवेशनले श्री सरिता हुमागाईंलाई संरक्षक र श्री अमृता टण्डन केसीलाई ग्लोबल समिति प्रतिनिधि (GCR) तोक्दै, श्री चन्दना खड्काको अध्यक्षतामा कार्यकाल २०२५/२०२७ का लागि नयाँ कार्यसमिति चयन गरेको छ।

नव-निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ :

  • संरक्षक : श्री सरिता हुमागाईं

  • ग्लोबल समिति प्रतिनिधि (GCR) : श्री अमृता टण्डन केसी

  • अध्यक्ष : श्री चन्दना खड्का कार्की

  • प्रथम उपाध्यक्ष : श्री सरोज ढकाल गिरी (संयोजक, बाल प्रतिभा प्रवर्द्धन समिति)

  • उपाध्यक्ष : श्री निरमोहन घोरासैनी

  • महासचिव : श्री पूजा खड्का

  • सचिव : श्री पुष्पा पराजुली

  • प्रवक्ता : श्री अम्बिका गिरी (संयोजक, भाषा तथा साहित्य प्रवर्द्धन समिति)

  • कोषाध्यक्ष : श्री दिपा तामाङ्ग

  • कार्यकारी सदस्यहरु : श्री कबिना खड्का, श्री सलिना कार्की, श्री एंजिलिना केसी, श्री सोना बस्याल, श्री रेखा सापकोटा

यसैगरी सल्लाहकारको भूमिकामा :
श्री हिमाल गुरुङ, श्री थानेश्वर कंडेल, श्री मनोहरि शर्मा, श्री बर्षा खड्का, श्री बिमला श्रेष्ठ, श्री द्रोण रिजाल, श्री सूर्यराज गिरी, श्री प्रकाश गिरी र श्री अमित कार्की मनोनित भएका छन्।

केन्द्रीय विधानअनुसार अन्य विभागीय समितिहरुका संयोजक तथा आवश्यक संरक्षक/सल्लाहकारहरु नयाँ कार्यसमितिले आगामी दिनमा चयन गर्नेछ।

विशेष अतिथ्य र सम्बोधन

इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा, एनआरएनए आईसिसिका पूर्व युवा उपाध्यक्ष हिमाल गुरुङ, एनआरएनए राष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष तथा अधिवेशन निर्वाचन प्रमुख आयुक्त थानेश्वर कॅडेल, इनास ग्लोबलका मिडिया उप-कोअर्डिनेटर तथा पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष द्रोण रिजाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेदरल्याण्ड्सका अध्यक्ष सुर्यराज गिरी, नेपाली व्यवसायी संघ नेदरल्याण्ड्सका अध्यक्ष संघर्षशील केसी, झापाली समाज नेदरल्याण्ड्सका अध्यक्ष प्रकाश गिरी, इनास नेदरल्याण्ड्सका सल्लाहकार बर्षा खड्का लगायत विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुष्प बरुवालले विश्वभर इनासको सञ्जाल विस्तार भइसकेकाले आगामी दिनमा नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धन र विकासका लागि अझ ठूलो जिम्मेवारी नयाँ कार्यसमितिले वहन गर्नुपर्ने बताउँदै, संस्थागत हितमा इमानदारीपूर्वक लागेर उत्कृष्ट कार्यको अपेक्षा व्यक्त गरे।

सपथ ग्रहण तथा उद्घाटन

inas-netherlands.jpg

निर्वाचित नयाँ कार्यसमितिलाई संस्थापक अध्यक्ष पुष्प बरुवालको उपस्थितिमा निर्वाचन समितिका प्रमुख आयुक्त थानेश्वर कॅडेलले ओहदाको प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराए। अधिवेशनको उद्घाटन प्रमुख अतिथि र विशिष्ट अतिथिहरूद्वारा पानसमा बत्ती बालेर गरिएको थियो।

इनास नेदरल्याण्ड्सका कार्यवाहक अध्यक्ष महेश टण्डनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन श्री चन्दना खड्का र श्री सरिता हुमागाईंले गरेका थिए।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij