कोपेनहेगन, ३० अगस्ट २०२५।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) डेनमार्कको छैठौं अधिवेशन नेपाली राजदूतावास डेनमार्कका महामहिम राजदूत सुम्निमा तुलाधारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। इनास ग्लोबलका महासचिव राजमान तामाङ तथा डेनमार्क स्थित इनासप्रेमी शुभचिन्तकहरूको रोहबरमा सम्पन्न अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ।
समारोहमा प्रमुख अतिथि महामहिम राजदूत सुम्निमा तुलाधारले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा नेपाली कला, संस्कृति र भाषाको प्रवर्द्धनमा इनास डेनमार्कले सक्रिय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। ग्लोबल कमिटीका महासचिव लगायत डेनमार्कमा रहेका इनासप्रेमी शुभचिन्तकहरूको उपस्थितिले अधिवेशनलाई थप उत्साहपूर्ण बनाएको थियो।
नव-निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ :
-
ग्लोबल प्रतिनिधि (GCR) : सुदिप बाबु श्रेष्ठ
-
अध्यक्ष : ममता पौडेल
-
उपाध्यक्ष : श्रेया महर्जन
-
उपाध्यक्ष : साधना थापा
-
महासचिव : आँचल सापकोटा
-
सचिव : स्वरुपा के सी
-
कोषाध्यक्ष : रचना लम्साल
-
सह-कोषाध्यक्ष : अनिश अधिकारी
-
सदस्यहरु :
-
सुदिप थडराई
-
संस्कार बस्नेत
-
सागर तिमिल्सिना
-
कृति भट्टराई
-
विकल के सी
-
रजिना नापित
-
सन्तोषी सापकोटा
-
सन्तोष लामिछाने
-
आदित्य नारायण झा
-
अम्बिका चौधरी
-
अल्बर्ट महेश
-