इनास अमेरिकाको अध्यक्षमा गायक श्रीजन ताम्राकार निर्वाचित

इनास अमेरिकाको अध्यक्षमा गायक श्रीजन ताम्राकार निर्वाचित

d769ad6b-69e0-4bee-a446-fb238c308fb1.jpeg

पेन्सिलभेनिया, अमेरिका ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको नयाँ कार्यसमितिको अध्यक्षमा गायक श्रीजन ताम्राकार निर्वाचित भएका छन् । शनिबार अमेरिकाको पेन्सिलभेनिया राज्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले १७ सदस्यीय राष्ट्रिय समिति चयन गरेको हो।

अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका ताम्राकार २०२५–२०२७ कार्यकालका लागि निर्वाचित भएका हुन्। सन् ९० को दशकको चर्चित नेपाली पप ब्याण्ड ओकिलीका संस्थापक सदस्य तथा गायक समेत रहेका ताम्राकार अमेरिकामा नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा संलग्न छन्।

नव निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:

ग्लोवल प्रतिनिधि (GCR) : गोपाल नेपाल 

अध्यक्ष : श्रीजन ताम्राकार

उपाध्यक्षहरू :

  • गोपालचन्द्र लामिछाने

  • रीता श्रेष्ठ

  • विकास घले गुरुङ

  • लक्ष्मण पौडेल

महासचिव : दिलिप श्रेष्ठ
सचिव : चिरञ्जिवी गुरागाईं
प्रवक्ता : प्रकाश नेपाल
कोषाध्यक्ष : मनिष शर्मा
सह–कोषाध्यक्ष : नारायण खकुरेल

सदस्यहरू :
अनिल तिमल्सेना, अमिता लामा, राजेश श्रेष्ठ, राजु केसी, विनोद गिरी, सुशान मानन्धर, एक नारायण सुबेदी 

सल्लाहकारहरू :
श्याम कार्की, अमर छन्त्याल, राजवल्लभ कोइराला, अञ्जना गुरुङ

विभिन्न राज्य समितिहरू पनि गठन भएका छन्। केन्टकीमा सनातन रेग्मी, मेरिल्यान्डमा गायिका शान्ति भण्डारी, पेन्सिलभेनियामा आलोक कार्की, भर्जिनियामा विश्व पौडेल तथा नयाँ स्थापित इनास न्यूजर्सीमा नृत्य निर्देशक कबिना सिंह अध्यक्षमा निर्वाचित भएका छन्।

कार्यक्रममा अमेरिका भ्रमणमा रहेका फिल्म निर्देशक सुदर्शन थापा, भ्वाइस किड्स विजेता अन्हुया तामाङ, वरिष्ठ रचनाकार अगोम गुरुंगलगायतलाई सम्मान गरिएको थियो। साथै, अमेरिकामै निर्माण गरिएको वेब-सिरिज 'घर बट इन अमेरिका' को टिमलाई विशेष सम्मान प्रदान गरिएको थियो।

सो अवसरमा अमेरिकी सिनेटर जेबी जेनिङ्सको तर्फबाट निर्देशक सुमन दाहाल, गायिका स्वरुपा रसाइली र प्रकाश नेपाललाई विशेष साइटेस समेत प्रदान गरिएको थियो।

d769ad6b-69e0-4bee-a446-fb238c308fb1.jpeg

कार्यक्रममा इन्ट्रा फाउन्डेसन, भुटानिज किराँती राई अफ अमेरिका, गुरुड कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्ग, रेड ओसियन मल्टी एकेडेमी, टाक्स कराँते लगायतका संघ–संस्थाका प्रतिनिधि तथा अमेरिका भरिका नेपाली कलाकारहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रमलाई इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष सबु गदाल कार्कीले उद्घाटन गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रवक्ता गोपालचन्द्र लामिछानेले प्रस्तुत गरेका थिए। इनास ग्लोबलका सह-कोषाध्यक्ष कृष श्रेष्ठ, अमेरिका क्षेत्रीय संयोजक कन्हैयासिंह परियार, तथा अध्यक्ष राहुल केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

e9e64141-7a98-4629-a34e-3b9a32f01cee.jpeg

नव निर्वाचित अध्यक्ष ताम्राकारले अमेरिका भर छरिएका नेपाली कलाकारलाई गोलबन्द गरी सहजै संस्थामा जोड्ने वातावरण बनाउन प्रतिवद्ध रहने बताए।

कार्यक्रमको पहिलो चरणको संस्थागत सत्र प्रकाश नेपाल र दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सन्देशकुमार खडकाले सञ्चालन गरेका थिए।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij