विज्ञप्ति
आज सेप्टेम्बर ८ तारिखका दिन काठमाडौं तथा नेपालका विभिन्न स्थानहरूमा सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी (GEN Z) समूहले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा निर्दोष विद्यार्थी र नागरिकले ज्यान गुमाउनु परेको घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। यस घटनाका कारण निर्दोष विद्यार्थी तथा नागरिकले ज्यान गुमाउनु परेको र कैयौं घाइते हुनुपरेको जानकारीले हामीलाई अत्यन्त मर्माहत बनाएको छ। हामी पीडित परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौं। साथै, घाइते सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। शान्तिपूर्ण कार्यक्रम, सभा, प्रदर्शन र अभिव्यक्तिको स्वतन्त्रता प्रत्येक नागरिकको सार्वभौमिक अधिकार हो भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ। यसप्रकारका घटनाहरु पून: दोहोरिन नदिन सरकारलाई विशेष आग्रह गर्दछौं। साथै अधिकतम संयमता अपनाई परिस्थितिलाई थप बिग्रिन नदिई र शान्तिपूर्ण तरिकाले समाधान खोज्न हामी सबैमा आह्वान पनि गर्दछौं।
प्रकाश तिवारी
प्रवक्ता,
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)
ग्लोवल समिति तथा परिवार
If the PDF doesn't display, click here to view it.