काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन तोकिएकै मिति २०२५ अक्टोबर १५ (२९ आश्विन २०८२) मा काठमाडौंस्थित होटल स्मार्टको बैठक कक्षमा हुने भएको छ।
नेपालमा हालै देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम भने स्थगित गरिएको छ।
ग्लोबल महासचिवका अनुसार पदाधिकारीहरूको सुझाव र ग्लोबल अध्यक्ष, संस्थापक अध्यक्ष, संरक्षक तथा सल्लाहकारहरूसँगको परामर्शपछि यस्तो निर्णय गरिएको हो। विधानले तोकेको समयमा अधिवेशन सम्पन्न गर्नु संस्थाको अनिवार्य कर्तव्य भएकाले यो कदम उठाइएको जनाइएको छ।
यस अधिवेशनमा कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्ता, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, क्षेत्रीय संयोजक र सह-संयोजक लगायतका पदाधिकारीहरू चयन गरिनेछन्।
इनास ग्लोबलले नेपालमा देखिएको चुनौतीपूर्ण अवस्थामाझ पनि संस्थागत निरन्तरता र वैधानिकता कायम राख्दै अधिवेशन सम्पन्न गर्न सबै पदाधिकारी र सदस्यहरूलाई सक्रिय सहयोगको आह्वान समेत गरेको छ।
📌 कार्यक्रम विवरण
- कार्यक्रम: छैठौं ग्लोबल महाधिवेशन २०२५
- मिति: १५ अक्टोबर २०२५ (२९ आश्विन २०८२)
- स्थान: Hotel Smart
Ring Road 44600, Dhumbarahi Chowk,
Near Hams Hospital,
Kathmandu 44606, Nepal - समय: दिउसो १ बजे।