लिस्बन (पोर्चुगल), अक्टोबर २०२५।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलले संस्थाको बिधान र प्रक्रियागत मापदण्डअनुसार नयाँ कार्यसमिति पुनर्गठन गरेको छ। नेपाली कला, संस्कृति र साहित्यको प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले गठित यस समितिमा चलचित्र, संगीत, नृत्य, साहित्य, पत्रकारिता र समाजसेवामा सक्रिय व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको छ।
इनास युरोपका संयोजक तथा इनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले पोर्चुगलमा इनासको पुनर्गठनले स्थानीय स्तरमा कला, संस्कृति र समाजसेवामा सक्रिय नेपालीहरूलाई एकजुट गर्दै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको अभियानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
यससँगै इनास ग्लोबल समितिले उक्त पुनर्गठित पोर्चुगल राष्ट्रिय समितिलाई औपचारिक रूपमा अनुमोदन गरेको छ, जसले अबको दिनमा इनासको गतिविधिलाई पोर्चुगलमा अझ संस्थागत रूपमा अघि बढाउने बताइएको छ।
पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायका कलाकार र समाजसेवीहरूले इनासलाई एक संगठित सामाजिक संस्थाको रूपमा अघि बढाउन प्रतिबद्धता जनाउँदै पुनर्गठनमा सहजीकरण र साथका लागि सबैसँग सहयोगको अपील गरेका छन्।
ग्लोबल समिति प्रतिनिधि (GCR):
-
सुनिल गिरी (चलचित्र नृत्य निर्देशक / निर्देशक / छायाकार)
सल्लाहकारहरू:
-
सज्जन हमाल ठकुरी (समाजसेवी / व्यवसायी)
-
पुर्नम राई (चलचित्र नृत्य निर्देशक / निर्देशक)
-
नबिन तिम्सीना (कलाकार / समाजसेवी)
नयाँ कार्यसमिति:
-
अध्यक्ष: नृपध्वज खत्री “निरिप” (नृत्य निर्देशक / निर्देशक)
-
उपाध्यक्ष: कविता गेलाल (कलाकार / निर्माता)
-
उपाध्यक्ष: अर्जुन सोनाम (वरिष्ठ गायक / संगीतकार)
-
उपाध्यक्ष: सन्तोष अधिकारी (गायक / संगीतकार)
-
महासचिव: हरि सिलवाल (चलचित्र निर्देशक / नृत्य निर्देशक)
-
सचिव: खडानन्द (अमर) आचार्य (नृत्य निर्देशक)
-
सचिव: रेखा कार्की (साहित्य)
-
कोषाध्यक्ष: भुवन श्रेष्ठ सगुन (निर्देशक / नृत्य निर्देशक / कलाकार)
-
सह–कोषाध्यक्ष: अमृत मरहट्ठा (कार्यक्रम निर्देशक / मेकअप म्यान)
-
प्रवक्ता: शम्भु सिलवाल (व्यवसायी / छायाकार / सम्पादक / निर्देशक)
-
कार्यक्रम संयोजक: रबिन्द्र न्यौपाने (छायाकार)
सदस्यहरू:
-
रेणु गुरुङ (नृत्य कलाकार / व्यवसायी)
-
सन्नी शाही (नृत्य कलाकार)
-
नरजङ्ग गुरुङ (गायक / कलाकार)
-
रिया श्रेष्ठ (कलाकार / समाजसेवी)

