बेल्जियम, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेल्जियम राष्ट्रिय समितिले सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ।
इनास ग्लोबल समितिद्वारा प्राप्त विस्तृत मार्गदर्शन अनुसार सम्पन्न अधिवेशनमा नयाँ नेतृत्व चयन गरिएको हो। प्रतिकूल कारणवश तोकिएको मिति भन्दा केही ढिला भए पनि समितिले अधिवेशन सम्पन्न गरी आवश्यक विवरण यूरोप क्षेत्रीय समिति मार्फत ग्लोबल समितिलाई पेश गरेको थियो।
इनास बेल्जियम राष्ट्रिय समितिद्वारा पेश गरिएको सो विवरण इनास ग्लोबल समितिले समीक्षा गरी औपचारिक रूपमा अनुमोदन प्रदान गरेको इनास युरोपका संयोजक तथा ग्लोबल प्रवक्ता प्रकाश तिवारीले जानकारी गराउनु भएको छ।
नव-निर्वाचित कार्यसमिति (२०२५–२०२७)
ग्लोबल समिति प्रतिनिधि (GCR): आरती गुरुङ
अध्यक्ष: रचना कँडेल
उपाध्यक्षहरू: सरिना पौडेल, शुवम अधिकारी
महासचिव: एडिना के.सी.
प्रवक्ता: हरि श्रेष्ठ
सचिव: सुरेशा अधिकारी
कोषाध्यक्ष: अविनाश कँडेल
सह–कोषाध्यक्ष: आरजु अधिकारी
कार्यक्रम संयोजक: आचल श्रेष्ठ
सदस्य:
प्रशान्त खड्का, संयोग थापा, आरोश खड्का, सुभिक्षा मल्ल, आरोही शर्मा, चोक्तेन लामा
सल्लाहकार:
टिका भट्टराई, सबिना महर्जन, प्रकाश महर्जन
संरक्षक:
श्याम श्रेष्ठ, बिनिता रिमाल