इनास जर्मनीको पाँचौँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

इनास जर्मनीको पाँचौँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

जर्मनी, १० अक्टोबर २०२५।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास जर्मनी)ले भर्चुअल माध्यमबाट आफ्नो पाँचौँ अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

इनास युरोपका सह–संयोजक सुनिल गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन कार्यक्रमको अध्यक्षता इनास जर्मनीकी अध्यक्ष लेजुना श्रेष्ठले गर्नुभयो भने कार्यक्रम सञ्चालन इनास जर्मनीका प्रमुख संरक्षक खड्ग न्यौपानेले गर्नुभयो।

नव–निर्वाचित कार्यसमितिले इनास जर्मनीलाई अझ सशक्त र सक्रिय बनाउँदै कला, संस्कृति र समाजसेवामा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

विशिष्ट प्रकारका संस्थागत काम–कारवाहीहरू सम्पन्न गर्नुपर्ने लगायतका अति–विशेष परिस्थितिका कारण अध्यक्ष पदमा दोहोरिनुपर्ने अनिवार्यता देखिएको र सोको लागि इनास ग्लोबल समितिबाट स्वीकृति प्राप्त भएकाले, वर्तमान अध्यक्ष श्रीमती लेजुना श्रेष्ठको कार्यकाल यस अवधिमा पनि निरन्तर रहने भएको इनास जर्मनीले जनाएको छ।

नयाँ कार्यसमिति (२०२५–२०२७)

इनास जर्मनी

  • ग्लोबल प्रतिनिधि (GCR): जोश्मी श्रेष्ठ

  • अध्यक्ष: लेजुना श्रेष्ठ

  • उपाध्यक्ष: डा. सुनिल हमाल

  • उपाध्यक्ष: लक्ष्मी कुँवर

  • महासचिव: निरोज नेपाली

  • सचिव: सावित्री कुँवर

  • प्रवक्ता: चन्द्रकला परियार

  • कोषाध्यक्ष: सुनिल राना

  • कार्यक्रम संयोजक: अनिता लामा

कार्यकारी सदस्यहरू:
सञ्चिता मानिङ पन्त
रोश्नी विष्ट
सजिता न्यौपाने

प्रमुख संरक्षक: खड्ग न्यौपाने
संरक्षक: सुनिल गुरुङ

सल्लाहकारहरू:
अमृता गौतम
मनिष लामिछाने
ज्योती ढुङ्गाना

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij