इनास यूकेको छैठौँ अधिवेशन सम्पन्न, ग्लोबल समितिबाट नयाँ कार्यसमिति अनुमोदन

इनास यूकेको छैठौँ अधिवेशन सम्पन्न, ग्लोबल समितिबाट नयाँ कार्यसमिति अनुमोदन

लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युकेले आफ्नो छैठौँ अधिवेशन लन्डनस्थित गोर्खा क्याप्रिकन, प्लमस्टेडमा सम्पन्न गरेको छ। कार्यक्रममा इनास ग्लोबलका प्रतिनिधि मनिष श्रेष्ठ, निर्वाचन समिति तथा इनास युकेको साधारण सदस्यहरूको उपस्थितिमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

इनास युरोप महादेशीय (क्षेत्रीय) समिति अन्तर्गत रहेको उक्त राष्ट्रिय समितिद्वारा मिति २८ सेप्टेम्बर २०२६ मा सम्पन्न अधिवेशनबाट कार्यकाल २०२५–२०२७ का लागि चयन भएको कार्यसमितिलाई अनुमोदनका लागि युरोप क्षेत्रीय समितिमार्फत ग्लोबल समितिमा पत्र पठाइएको थियो।

सोही अनुरूप, ग्लोबल समितिले विधानतः अध्यक्षको पदावधि दुई वर्ष रहने व्यवस्था भए पनि, पत्रमा उल्लिखित विशेष कारणहरूलाई मध्यनजर गर्दै योजना तर्जुमा, विशेष कार्यक्रम सञ्चालन र संस्थागत निरन्तरताका उद्देश्यले बिधान तथा कार्य निर्देशिका–२०२२ बमोजिम क्षेत्रीय समितिको सिफारिसमा सो कार्यसमितिलाई अनुमोदन गरेको छ।

नव–निर्वाचित कार्यसमिति (इनास युके २०२५–२०२७)

  • ग्लोबल प्रतिनिधि (GCR) : सर्वेन्द्र अधिकारी

  • कार्यक्रम संयोजक : सिदार्थ विक्रम क्षेत्री

  • अध्यक्ष : सञ्जयभक्त कँडेल

  • उपाध्यक्षहरू : दिपक थापा, सबिना श्रेष्ठ

  • महासचिव : लालमणी भट्टराई

  • सचिव : दिपबहादुर गिरी

  • कोषाध्यक्ष : अनिष पाण्डे

  • सह–कोषाध्यक्ष : अमृता पाण्डे

  • केन्द्रीय सदस्यहरू : शैलेन्द्र राई, शत्रुधन शाह, रेणुका श्रेष्ठ, सुन्दर पण्डित

  • प्रवक्ता : विज्ञान कार्की

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij