इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित

इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित

DSC09193.jpg

काठमाडौं।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २०२५ अक्टोबर १५ ( तदनुसार २०८२ आश्विन २९) का दिन काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट कार्यकाल २०२५/२०२७ का लागि देहायानुसरका पदाधिकारीहरु रहेको नयाँ नेतृत्व चयन गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समिति (२०२५/२०२७)

अध्यक्ष: श्री अर्जुन काफ्ले (बेल्जियम)
उपाध्यक्षहरू:
श्री मित्रलाल पार्दे (पोल्याण्ड)
श्री राधी क्षेत्री (अमेरिका)
श्री राजमान तामाङ (डेनमार्क)
श्री कुलराज थापा (नेपाल)

महासचिव:
श्री प्रकाश तिवारी (आइसल्याण्ड)

प्रवक्ता: 
श्री आनन्दु लामा (अमेरिका)

सचिव: 
श्री कृष्ण श्रेष्ठ (अमेरिका)

कोषाध्यक्ष: 
श्री रुपा न्यौपाने (नेपाल)

सह–कोषाध्यक्ष: 
श्री कन्हैया सिंह परियार (अमेरिका)

क्षेत्रीय संयोजकहरू:
 युरोप क्षेत्रीय समन्वय समितिका संयोजक – श्री सुनिल गुरुङ (जर्मनी)
युरोप क्षेत्रीय संयोजक – श्री श्याम श्रेष्ठ (बेल्जियम)
उत्तर अमेरिका क्षेत्रीय संयोजक – श्री राहूल केसी (अमेरिका)
एसिया क्षेत्रीय संयोजक – श्री दयाराम पाण्डेय (नेपाल)

कार्यक्रमको उदघाटन तथा निर्वाचन:

महाधिवेशनको उद्घाटन कार्यक्रम संस्थापक अध्यक्ष श्री पुष्प बरुवालज्यूको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व तत्कालीन अध्यक्ष श्री रामचन्द्र थापाले गर्नुभएको थियो।

DSC08164.jpg
समुदघाटन कार्यक्रम 

निर्वाचन समितिमा इनास ग्लोबलकी संरक्षकद्वय आदरणीय श्री मिरा राणा, श्री निता श्रेष्ठ तथा ग्लोबल सल्लाहकार श्री प्रदीप बोम्जन रहनुभएको थियो। निर्वाचन समितिका तर्फबाट निर्वाचन आयुक्त श्री प्रदीप बोम्जनले नयाँ पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।

DSC09018.jpg
निर्वाचन आयुक्त श्री प्रदीप बोम्जन नयाँ पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै। 

प्रतिवेदन र प्रस्तुतिहरू:

कार्यक्रममा विभिन्न पदाधिकारीहरूले शुभकामना मन्तव्यका साथै प्रतिवेदनहरू प्रस्तुत गर्नुभएको थियो। युरोप महादेशका तर्फबाट संयोजक प्रकाश तिवारी र उत्तर अमेरिका क्षेत्रीय समितिका संयोजक श्री कन्हैया सिंह परियारले शुभकामना मन्तव्यसहित आफ्ना क्षेत्र अन्तर्गत भएका कार्यसम्पादन तथा गतिविधिहरुको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभयो भने ग्लोबल समितिका तर्फबाट महासचिव श्री राजमान तामाङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्री कुलराज थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसैगरी कार्यक्रमको सञ्चालन तथा समन्वय ग्लोबल प्रवक्ता तथा युरोप क्षेत्रीय संयोजक श्री प्रकाश तिवारीले गर्नुभएको थियो। 

DSC08468.jpg
उत्तर अमेरिका क्षेत्रीय समितिका संयोजक कन्हैया सिंह परियार

 

DSC08675.jpg
निवर्तमान ग्लोबल महासचिव राजमान  तामाङ प्रतिवेदन प्रस्तुत् गर्दै

 

DSC08646.jpg
कोषाध्यक्ष कुलराज थापा - आर्थिक प्रतिवेदन प्रस्तुत् गर्दै 

 

DSC08780.jpg
ग्लोबल प्रवक्ता तथा युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारी प्रतिवेदन प्रस्तुत् गर्दै। 

संस्थागत पुरस्कार तथा कदर:

महादेशस्तरमा कार्यसम्पादनका आधारमा  प्रदान गरिने 'उत्कृष्ट क्षेत्रीय समिति'को अवार्ड यस पटक पनि युरोप क्षेत्रीय समितिलाई प्रदान गरिएको थियो। उक्त अवार्ड क्षेत्रीय संयोजक श्री प्रकाश तिवारी र सहसंयोजक द्वय श्री श्याम श्रेष्ठ र सुनिल गुरुङ्गले संयूक्त रुपमा ग्रहण गर्नुभयो।  युरोप क्षेत्रीय समितिले प्राप्त गरेको दोश्रो 'उत्कृष्ट क्षेत्रीय समिति अवार्ड' हो। प्रकाश तिवारीकै नेतृत्वमा रहेको युरोप क्षेत्रीय समितिले यसअघि पनि उत्कृष्ट क्षेत्रीय समितिको उपाधि प्राप्त गरेको थियो। 

त्यसैगरी, राष्ट्रिय समितिको हकमा यसपटक राष्ट्रिय समिति डेनमार्कले उत्कृष्ट राष्ट्रिय समितिको उपमा सहित  प्रमाणपत्र तथा ट्रफी  प्राप्त गर्न सफल भयो । उक्त अवार्ड डेनमार्कबाट प्रतिनिधित्व गर्नुहुने ग्लोबल प्रतिनिधि श्री सुदिप श्रेष्ठ र डेनमार्कमै बसोबास गर्दै आउनुभएका निवर्तमान ग्लोबल महासचिव श्री राजमान तामाङ संयूक्त रुपमा ग्रहण गर्नुभएको थियो। 

त्यसैगरी, संस्थाको उद्देश्यअनुरूपका विविध कार्यक्रममार्फत नेपाली भाषा, कला तथा संस्कृतिको प्रवर्द्धन र सम्वर्द्धनमा पूर्याएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय समिति संयुक्त राज्य अमेरिकालाई “प्रशंसा–पत्र” प्रदान गरिएको थियो। उक्त प्रशंसा-पत्र इनास अमेरिकाका सदस्य श्री राजु केसीले ग्रहण गर्नुभयो।

DSC09173.jpg
युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारी, सह–संयोजक श्याम श्रेष्ठ र सुनील गुरुङ 

 

DSC09168.jpg
इनास डेनमार्कका निवर्तमान अध्यक्ष तथा ग्लोबल प्रतिनिधि सुदिप श्रेष्ठ ट्रफी र प्रमाण ग्रहण गर्दै। 

  

DSC08923.jpg
इनास अमेरिकाका सदस्य राजु केसीलाई प्रशंसा पत्र हस्तान्तरण गरिदै।  
DSC09215.jpg

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij