इनास बहराइनको तेस्रो अधिवेशन सारियो, नयाँ मिति १९ डिसेम्बर २०२५ निर्धारण

इनास बहराइनको तेस्रो अधिवेशन सारियो, नयाँ मिति १९ डिसेम्बर २०२५ निर्धारण

inas-bahrain.jpg

प्रवासमा नेपाली कला, संस्कृति, साहित्य र सम्पदाको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बहराइन ले आगामी तेस्रो अधिवेशन सारिएको घोषणा गरेको छ।
पहिले १२ डिसेम्बर २०२५ का लागि सूचित गरिएको अधिवेशन विविध कारणले स्थगित भई, गत २८ नोभेम्बर २०२५ मा बसेको बैठकले नयाँ मिति, समय र स्थान तोकेको हो।

संस्थाले सार्वजनिक गरेको नयाँ विवरण
मिति: १९ डिसेम्बर २०२५
स्थान: K City Business Center, Manama
समय: दिउँसो ३ बजे

इनास बहराइनले बहराइनमा क्रियाशील विविध वैचारिक, जातीय, क्षेत्रीय तथा सामाजिक संघ–संस्था, बुद्धिजीवी, कलाकार, साहित्यकार, सर्जक, पत्रकार तथा सम्पूर्ण नेपाली समुदायलाई अधिवेशनमा सहभागी भइ कार्यक्रमलाई भव्य सफलतामा रुपान्तरण गर्न आग्रह गरेको छ।

सचिवालय
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बहराइन

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij