अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूएईले आफ्नो ५ औँ महाधिवेशन तथा इनास साँगीतिक साँझ–२०२५/२७ को औपचारिक घोषणा गर्दै कार्यक्रम आगामी २० डिसेम्बर २०२५ मा दुबईस्थित Club SK7, Bur Dubai मा आयोजना हुने जानकारी दिएको छ।
नेपाली कला, संस्कृति, साहित्य र सृजनशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित इनास यूएईले यस वर्षको महाधिवेशनलाई कलाकार, सर्जक र समुदायका प्रतिनिधिहरूको व्यापक सहभागितासहित भव्यरूपमा सम्पन्न गर्ने तयारी गरेको छ।
कार्यक्रममा लोकप्रिय गायक प्रकाश दुतराज सहितका कलाकारहरूको प्रस्तुति रहनेछ।
समुदायका कला–संगीतप्रेमी, सर्जक, साहित्यकार, मिडियाकर्मी तथा रुचि राख्ने सबै नेपालीहरूलाई संस्थाले उपस्थिति रहन आह्वान गरेको छ। भने कार्यक्रममा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ।
कार्यक्रम विवरण:
मिति: २० डिसेम्बर २०२५
स्थान: Club SK7, Bur Dubai
समय: साँझ ६:०० बजे
टाइटल स्पोन्सर: Green Sky Travel & Tourism
सम्पर्क तथा जानकारीका लागि।
एम. डी बोहोरा – +971 55 542 5504
हरि मोक्तान – +971 55 145 0702
कुशल बुचा – +971 55 670 0166
अस्मत घिमिरे – +971 55 670 0166
इनास यूएईले सबैलाई निमन्त्रणा गर्दै, यस कार्यक्रमले यूएईस्थित नेपाली समुदायलाई कला, संस्कृति र पहिचानको साझा मञ्चमा एकत्रित गराउने विश्वास व्यक्त गरेको छ।