ग्लोवल सचिवालय,
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ग्लोबल समितिले संस्थामा गरिएको योगदान, निरन्तर प्रतिबद्धता तथा केन्द्रिय विधानको दफा ४.१ र ४.३ बमोजिम आवश्यक समीक्षा पश्चात कार्यकाल २०२५/२०२७ का लागि ग्लोबल संरक्षक, सल्लाहकार समिति, ग्लोबल समिति प्रतिनिधि (GCR) तथा क्षेत्रीय सह–संयोजकहरू को नामावली स्वीकृत गरेको छ।
ग्लोबल समितिको तर्फबाट स्वीकृतिका लागि प्राप्त नामावलीहरूलाई विधानमा उल्लेखित संख्या नबढाई, बाँकी सल्लाहकारहरू आगामी चरणमा चयन गर्ने गरी हालका लागि देहायअनुसारका महानुभावहरूलाई विभिन्न जिम्मेवारीमा स्वीकृति प्रदान गरिएको हो। साथै, महादेशीय (क्षेत्रीय) समितिका सह–संयोजक तथा संस्थापक अध्यक्षको हैसियतबाट चयन गरिने ग्लोबल समिति प्रतिनिधिहरूको नामावली समेत सदर गरिएको छ।
संरक्षक समिति (Patrons)
-
श्री रामचन्द्र थापा (अष्ट्रेलिया) — प्रमुख संरक्षक
-
श्री कमला दाहाल (जर्मनी)
-
श्री मिरा राणा (नेपाल)
-
श्री निता श्रेष्ठ (नेपाल)
-
श्री फणिन्द्र पन्त (नेदरल्यान्ड्स)
सल्लाहकार समिति (Advisory Committee)
एशिया क्षेत्र
श्री निमेष गिरी (यूएई)
श्री दिपक केसी (नेपाल)
श्री जीवनप्रकाश श्रेष्ठ (नेपाल)
युरोप क्षेत्र
श्री दिपक सापकोटा (डेन्मार्क)
प्रा. ई. श्री डिपी मैनाली (नेदरल्यान्ड्स),
श्री मनिष कुमार श्रेष्ठ (बेलायत)
श्री मदन दाहाल (जर्मनी)
श्री पदम गुरुङ (बेल्जियम)
उत्तर अमेरिका क्षेत्र
श्री प्रेमराजा महत
श्री हरि के. शर्मा
श्री नारायण पुरी
श्री रबी कार्की
ओसेनिया क्षेत्र
डा. श्री रुपक अर्याल (अष्ट्रेलिया)
विज्ञ समूहबाट चयन
श्री मधु क्षेत्री (अमेरिका)
प्राज्ञ श्री प्रदिप बम्जन (नेपाल)
श्री रबिन्द्र खड्का (नेपाल)
ग्लोबल समिति प्रतिनिधि (GCR)
श्री बिकास शर्मा पोखरेल (अष्ट्रेलिया)
श्री पार्वती अधिकारी (बेल्जियम)
श्री प्रविन सापकोटा (फ्रान्स)
श्री बिष्णु क्षेत्री (नर्वे)
श्री निता कपूर (स्विट्जरल्यान्ड)
श्री बी.बी. मल्ल ठकुरी (कुवेत)
श्री रेखा घिमिरे (दुबई, हाल नेपाल)
क्षेत्रीय सह–संयोजक
-
श्री दिनेश कार्की (अमेरिका) - उत्तर अमेरिका क्षेत्रीय समिति
-
श्री एम. डी. बोहोरा (यूएई, मध्यपूर्व) - एशिया क्षेत्रीय समिति
इनास ग्लोबल समितिले उपरोक्त अनुसार चयन हुनुभएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। मनोनित पदाधिकारीहरूबाट नेपाली कला, संस्कृति तथा कलाकारहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा थप सशक्त भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।