इनास नेपाल र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालबीच स्वास्थ्य सहकार्य सम्झौता सम्पन्न

इनास नेपाल र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालबीच स्वास्थ्य सहकार्य सम्झौता सम्पन्न

inas-nepal-kdc.jpg

काठमाडौं, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल शाखा र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र (केडीसी जनरल अस्पताल) बीच स्वास्थ्य सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौतामा इनास नेपालका अध्यक्ष ऋषि लामिछाने र अस्पतालका निर्देशक प्रतीक्षा श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौता अनुसार इनास नेपालका सदस्य, उनीहरूको परिवार तथा सिफारिस प्राप्त व्यक्तिलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गरिनेछ। अस्पताल इनास नेपालको ‘स्वास्थ्य साझेदार’ रहनेछ। सदस्यहरूले भर्ना उपचार (आइपीडी) मा २५ प्रतिशत र बाह्य रोगी तथा क्लिनिकल सेवामा १५ प्रतिशत छुट पाउनेछन्। साथै प्रयोगशाला, रेडियोलोजी, विशेषज्ञ उपचार, फार्मेसी, फिजियोथेरापी तथा दन्त सेवामा ७ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

समारोहमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसमा ३० जनाले रक्तदान गरेका थिए।

inas_nepal2.jpg

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij